चीनमा कोरोना भाइरसका कारण मृत्यु हुने संख्या ८० पुग्यो
एजेन्सी। चीनको युहान प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ।
७६ जनाको निधन भएको पुष्टी भएपनि बिबिसीले आफ्नो समाचारमा ८० जनाको निधन भएको दाबी गरेको छ। यसबाट २ हजार ७ सय ४४ जनलाई आधिकारिक रुपमा संक्रमण भएको पुष्टी भएको छ भने करिब ५ हजार सात सय ९४ जनामा यो भाइरसको संक्रमण भएको अनुमान गरिएको छ।
यसैबीच फ्रान्सका स्वास्थ्यमन्त्री एग्नेस बुजिनले चीन सरकारसँग त्यहाँ रहेका आफ्ना नागरिकलाई जहाजमार्फत देश फर्काउने सहमती भएको बताएका छन्।
कोरोना भाइरस