News

रावणको बधपछि उनकी पत्नी मन्दोदरीको जीवन के भयो ?

रावणको बधपछि उनकी पत्नी मन्दोदरीको जीवन के भयो ?

काठमाडौं । रावणकी पत्नी मन्दोदरीको चरणमा संसारका सबै सुख सुविधा थिए । उनी आफै अत्यन्त सुन्दरी थिइन् । अप्सराकी छोरी थिइन् । उनी सुनको दरबारको महारानी थिइन । उनको वैभव रावणको बधसँगै समाप्त हुन्छ । तर उनी को थिइन भन्ने बुझ्न केही विषयमा गौर गर्नु पर्छ ।

कथाअनुसार एक दिन मधुरा नामकी अप्सरा कैलास पर्वत पुगिन् । त्यहाँ माता पार्वती थिइनन् । त्यस्तो अवसरमा उनले भगवान शिवलाई आकर्षित गर्ने प्रयास गरिन् । ठिक त्यही बेला भगवान शिवको शरीरको भष्म मधुराको शरीरमा टाँसिएको देखेर अत्यन्त क्रोधित भइन् । अनि पार्वतीले मधुरालाई १२ वर्षसम्म भ्यागुतो भएर बाँच्नु पर्ने श्राप दिइन् । कठोर तप गरेपछि मात्रै आफनो पुरानो स्वरुपमा आउन सक्ने पनि भनिन् ।

उता असूर राजा मायासुर र अप्सरा पत्नी हेमाका दुई छोरा थिए । उनीहरुले छोरीको चाहना राखेर भगवानको तपस्या गर्न थाले । पार्वतीको श्रापबाट भ्यागुतो बनेकी अप्सरा मधुराको पनि १२ वर्ष पूरा भयो । उनी पोखरीमै आफ्नो पूरानो रुपमा आइन् । तर पोखरीबाट निस्कन सकिरहेकी थिइनन् । हेमा र मायासुर त्यही तलाउको नजिकै तपस्यामा लिन थिए । मधुराको आवाज सुनेर उनीहरुको ध्यान तानियो । उनीहरु तलाईको छेउमा गएर उनलाई बचाए । र उनैलाई धर्मपुत्री बनाए । र नाम मन्दोदरी राखिदिए ।

एक दिन रावण मायासुरको राज्यमा आउँदा मन्दोदरीलाई देखेर मोहीत भए । मायासुरले नमाने पनि मन्दोदरीले रावणसँग विवाह गरिन् । उनीहरुबाट तीन छोरा भए । मेघनाद, अक्षयकुमार र अतिकाय ।

रावणको वध रामले गरेपछि मन्दोदरी विधवा भइन । तर रामले उनलाई विभिषणसँग विवाह गर्ने सल्लाह थिए । त्यसपछि मन्दोदरीले आफैले आफैलाई लंकाको एक कोठामा कैद गरिन् । कैदबाट छुटेको केही समयपछि विभिषणसँग विवाह गरेर सुखपुर्वक बस्न थालिन् ।

 

#रावण #मन्दोदरी

विशेष