विवाहका लागि योग्य हुन्छन् यी राशि भएका जोडी
बिवाह एक यस्तो बन्धन हो जुन आपसी समझदारी, माया र आत्मसम्मानमा अडिएको हुन्छ। राशिका आधारमा हेर्ने हो भने पनि केहि जोडी यस्ता हुन्छन जो वास्तवमै एक अर्काका निम्ति बनेका हुन्। यसै सन्दर्भमा आज हामी यस्ता जोडी राशिका बारेमा बताउन जाँदै छौ जो एकअर्काका लागि निकै नै भाग्यमानी हुन्छन
तुला र वृश्चिक राशि
तुला र वृश्चिक राशि भएका मानिसहरु सफल सम्बन्ध स्थापित गर्न माहिर हुन्छन। यी राशी भएका मानिसहरु आफ्नो सम्बन्ध बफादारीका साथ निभाउछन। यिनै खुबीका कारण कुनै समय मानिसहरु उनिहरुप्रति जलन समेत हुन्छन।
मीन र कर्कट राशि
१२ राशिमध्ये कर्कट र मीन राशिको जोडीलाई सबैभन्दा राम्रो मानिन्छ। यी राशी भएका मानिसहरु जस्तोसुकै कठिन परिस्थितिमा पनि हिम्मत र साहसका साथमा अघि बढ्ने सामर्थ्य राख्छन।
धनु र मेष राशि
यी दुई राशिका बिचमा गहिरो सम्बन्ध हुन्छ। त्यस्तो सम्बन्ध जसले चाहेर पनि यी दूईका बिचमा दरार ल्याउन सक्दैनन्। यिनीहरु एक अर्काको भावनालाई सम्मान र कदर गर्ने स्वभावका हुन्छन।
#राशि