विदेश

इण्डोनेसियामा भीषण वर्षासँगै आएको बाढीमा परि २४ जनाको मृत्यु

इण्डोनेसियामा भीषण वर्षासँगै आएको बाढीमा परि २४ जनाको मृत्यु

एजेन्सी । इण्डोनेसियाको राजधानी जकार्तामा भारी वर्षापछि आएको बाढीमा परि कम्तिमा २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ वर्ष यताकै भीषण वर्षा असामान्य रहेको अधिकारीहरुले जनाएका छन् ।

शहर नजिकका बस्तीहरु पनि बाढीको चपेटामा परेका छन् ।  पूर्वी जकार्तामा रहेको विमानस्थलमा ३ सय ७७ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ । सन् २०१३ मा जकार्तामानै आएको बाढीमा परि ४७ जनाको मृत्यु भएको थियो ।

योसँगै विज्ञहरुले सन् २०५० सम्म जकार्ता पूरै जलमग्न हुने सम्भावना औंल्याएका छन् । यसै कारणले राष्ट्रपति जोको विडिडोलले राजधानी पूर्वी वोर्निवोमा सार्ने योजना अघि सारेका छन् । 

 

इण्डोनेसिया बाढी

विशेष