के हुन्छ सपनामा मरेको मान्छेको देख्नुको अर्थ ? जान्नुहोस्
सुतेपछि सपना देख्नु सामान्य प्रक्रिया हो। त्यसैले यस्ता सपनालाई हामी सामान्य सम्झेर कतिपय अवस्थामा नजरअन्दाज गरिरहेका हुन्छौं। तर सपनाले पनि हाम्रो भविष्यमा हुन सक्ने कुराको संकेत गरिरहेको हुन्छ। कुनै बेला हामी सपनामै झस्किएर ब्युझिन्छौँ त कहिले अचम्मको आवाज सुन्छौं यस्तो हुनुलाई स्वप्नशास्त्रमा शुभ मानिदैन। यस्ता सपनाले भविष्यमा भवितव्य आइपर्ने सजिलै अनुमान गर्न सकिन्छ।
यसका अलावा कुनै बेला हामी सपनामै ठुला ठुला पहाड चढ्न कति धेरै प्रयास गरिरहेका हुन्छौं तरपनि हामी सफल हुन सक्दैनौ यसको मतलब सोचेको काममा सफलता हात लागि नहुनु तथा जीवनमा अनेक समस्याको सामना गर्नुपर्ने भन्ने हुन्छ।
सपनामै माउसुली आफ्नो शरीरमा खसेको सपनामा पनि स्व्हुभ होइन यसले भविष्यमा कुनै ठुलो बिरामी पर्न सक्ने तथा परिवारमा क्लेस उत्पन्न हुने संकेत गर्दछ।
कुनै बेला सपनामा मरेको मानिस पनि देखिन्छ, यो कुनै समस्याको संकेत त होइन तर पनि यसको मतलब मानसिक रुपमा हामी अशान्त छौं भन्ने हुन्छ। यस्तो अवस्थामा अनावश्यक तनाव भन्दा पनि आफुले आफ्नो मनलाई नियन्त्रण गर्नेतर्फ सोच्नु जरुरी हुन्छ।
रुद्राभिषेकले सपनाको समस्यालाई निराकरण गर्न सक्छ भन्ने पनि मान्यता रही आएको छ। रुद्राभिषेकले सपनाको कुरालाई वास्तविक जीवनमा बदल्ने पनि मान्यता रहेको छ।
#सपना