News

राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने अधिकारकर्मी पक्राउ

राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने अधिकारकर्मी पक्राउ

काठमाडौंः नयाँ सभामुख अग्निप्रसाद सापकोटाको सपथ ग्रहण कार्यक्रमको विरोध गर्न गएका दर्जन अधिकारकर्मीलाई प्रहरीले राष्ट्रपति भवन शीतलनिवास आगडिबाट प्रक्राउ गरेको छ । 
 
पक्राउ पर्ने अधिकारकर्मीहरुमा चरण प्रसाइ, पूर्णिमाया लामा, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलीया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण घिमिरे, जस्लिना राणा, प्रशान्त त्रिपाठी र  राजन कुइँकेल छन् । पक्राउ गरिएका उनीहरुलाई  महानगरीय प्रहरी महाराजञ्जगमा राखिएको छ ।

आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका सापकोटाले आज ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । 

काभ्रेका अर्जुन लामाको अपरणपछि हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ ।   

अग्निप्रसाद सापकोटा अधिकारकर्मी शीतलनिवास

विशेष