News

ओखलढुङ्गामा बिरामी बोकेको जीप दुर्घटना एकजनाको मृत्यु, ३ घाइते

ओखलढुङ्गामा बिरामी बोकेको जीप दुर्घटना एकजनाको मृत्यु, ३ घाइते

ओखलढुङ्गा। ओखलढुङ्गामा बिरामी बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन।  

गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको जीप आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा स्थानीय सन्तोष विश्वकर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय, ओखलढुंगाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जनाए।  

दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए । दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन् । 

बोलेरो सिद्धडाँडाबाट करिब ५०० मिटर तल खसेर गोपेखोला पुगी दुर्घटनाग्रस्त भएको छ । साँघुरो सडकका कारण अनियन्त्रित भई बोलेरो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

जीप दुर्घटना ओखलढुङ्गा

विशेष