News

गोसाइँकुण्ड घूम्न हिँडेका २ जना मृत भेटिए

गोसाइँकुण्ड घूम्न हिँडेका २ जना मृत भेटिए

रसुवाः गोसाइँकुण्ड जाने क्रममा बेपत्ता भएका २ जना मृत फेला परेका छन् । गएको माघ ३ गतेदेखि हराएका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ हेलम्बुका १७ वर्षीय वाङ्गेल शेर्पा र काठमाडौंको गोकर्णेश्वर नगरपालिका ७ का १९ वर्षीय जापान तामाङ मृत भेटिएका हुन् ।  

गएको पुस २८ गते गोसाइँकुण्ड जान भनेर हिँडेका उनीहरू हिमपात भएपछि माघ ३ गतेसम्म नुवाकोटको घ्याङफेदीको एउटा होटलमा बसेका थिए । बाक्लो हिउँ जमेपछि गोसाइँकुण्ड जान नसकिने भन्दै उनीहरू काठमाडौंतर्फ फर्किएका थिए ।

काठमाडौं फर्कने क्रममा उनीहरु बीचैमा हिउँमा फसेका थिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार बाटोमा हिँड्दै गर्दा चिप्लिएर खोचमा परेपछि उनीहरु माथि आउन नसकेको र हिउँमा पुरिएको अनुमान गरिएको छ । स्थानीयले सोमबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

गोसाइँकुण्ड जापान तामाङ

विशेष