News

वीरेन्द्रनगरमा आन्दोलनले लियो उग्र रुप, प्रहरीले गोली चलायो, कर्फ्यु लगाउने तयारी

वीरेन्द्रनगरमा आन्दोलनले लियो उग्र रुप, प्रहरीले गोली चलायो, कर्फ्यु लगाउने तयारी

सुर्खेत – वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा १ जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनले उग्र रुप लिएको छ। आन्दोलनका क्रममा प्रहरीले गोली चलाएपछि आन्दोनकारीहरु झनै उग्र बनेका छन्। कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान ज्यान गएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलन नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको् ्र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए ।

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।

कर्फ्युु लगाउने तयारी

सुर्खेतको वीरेन्द्रनगर आसपासमा साँझ ६ बजेदेखि भोलि बिहान ६ बजे सम्म कफ्र्यु लगाउने तयारीका लागि सुरक्षा बैठक बसिरहेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा यो प्रयोजनका लागि बैठक बसिरहेको प्रहरीको भनाइ छ ।

विशेष