News

डा. डिम्पल झा दिइन् राज्यमन्त्री पदबाट राजीनामा

डा. डिम्पल झा दिइन् राज्यमन्त्री पदबाट राजीनामा

जनकपुरधाम - प्रदेश २ की भौतिक, पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल झाले राज्यमन्त्री पदबाट राजीनामा दिएकी छन् ।

प्रदेश सरकारमा राजपाबाट राज्यमन्त्रीको हैसियतमा सहभागी झाले मंगलबार राजीनामा गरेकी हुन् । उनले मंगलबार दिउँसो एक पत्र सार्वजनिक गर्दै राजीनामा गरेको जनाएकी छन् ।

पत्रमा लेखिएको छ, 'प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदिय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेको छु ।'

विशेष