अतिक्रमित जग्गा धमाधम फिर्ता गरिँदै
काठमाडौँ। अतिक्रमण गरी व्यक्तिको नाममा राखिएको ९४६ रोपनी सात आना जग्गा सरकारले फिर्ता ल्याइसकेको छ । यसैगरी तराईमा १२५ बिघा १६ कट्ठा जग्गा फिर्ता ल्याइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले दुई हजार ८२९ वर्गमिटर जग्गा पनि फिर्ता ल्याइसकेको बताईन।
ती जग्गा कुन कुन जिल्लाबाट फिर्ता ल्याइएको भने मन्त्रालयले स्पष्ट पारेको छैन तर सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनअनुसार ती जग्गा फिर्ता ल्याउने क्रम सुरु गरिएको हो ।
मन्त्री अर्यालले सरकारले अब अतिक्रमित सबै जग्गा फिर्ता ल्याउने बताईन। मन्त्रालयको दुई वर्षको प्रगति विवरणका बारेमा जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन, “अनधिकृत रूपमा व्यक्तिले आफ्नो नाममा बनाएको जग्गा फिर्ता गर्ने अभियानमा ती जग्गा फिर्ता ल्याइएको हो ।”यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।
जग्गा अतिक्रमण