News

पत्रकारिता गर्न प्रवेश परिक्षा दिनुपर्ने

पत्रकारिता गर्न प्रवेश परिक्षा दिनुपर्ने

काठमाडौं । पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययन गरेका विद्यार्थीले पत्रकारिता पेशा गर्न प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था गरिने भएको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पत्रकारिता पेशामा नयाँ प्रवेश गर्नेका लागि सो व्यवस्था गरिएको हो ।

“न्यूनतम व्यावसायिक परीक्षा लिने हो, विश्वविद्यालयबाट पत्रकारिता पढेर आएकै हुन्छन्”, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने , “व्यावसायिक पत्रकारिता र आचारसंहिताका विषयमा परीक्षा लिने हो, पेशागत शुद्धताका लागि यसले सहयोग प¥याउनेछ ।” पत्रकारिता क्षेत्रमा हाल काम गरिरहेकाले भने स्वतः लाइसेन्स पाउनेछन् । नयाँ प्रवेशीका लागि काउन्सिलले पत्रकारिता प्रवेश अनुमतिपत्र ( लाइसेन्स) का लागि जाँच लिनेछ ।

काउन्सिलले पाठ्यक्रम बनाएर उक्त व्यवस्था तय गर्नेछ । सांसद राधेश्याम अधिकारीले इटालीबाहेक अन्य देशमा पत्रकारितामा प्रवेश गर्नेका लागि प्रवेश परीक्षाको व्यवस्था नभएको हुनाले वाक तथा स्वतन्त्रताको विषय भएको हुनाले तत्काल परीक्षा लिने विषयमा सोच्नुपर्ने धारणा राखेका थिए । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।  

 

नेपाल मिडिया काउन्सिल

विशेष