पहिरनकै कारण किन ट्रोल शिकार बन्छिन् प्रियंका ?
काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडा आइतबार सम्पन्न विश्वकै ठूलो म्युजिक अर्वाड समारोहमा सहभागी भएकी थिइन् । फेसनको मामलामा सधैँ अगाडी रहने प्रियंकाको पहिरनको चर्चा ग्रामी अर्वाड २०२० मा पनि भयो । अहिले उनले लगाएको ड्रेसको फोटो तथा भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ ।
प्रियंकाका भारतीय फ्यानहरु भने उनीसँग निकै रिसाएका छन् । उनले लगाएको ड्रेसमाथि निकै टिकाटिप्पणी भइरहेको छ । प्रियंकाको ड्रेसको विवाद भने यो पहिलो होइन । धेरै पटक ड्रेसकै कारण उनले फ्यानबाट आलोचित हुनु परेको छ । उनलाई आफ्नो संस्कार भुलेको आरोपसमेत लाग्ने गरेको छ । तर, प्रियंका भने फ्यानको प्रतिक्रियालाई वेवास्ता गर्दै अगाडी बढिरहेकी छन् ।
केही समय पहिले बर्लिनमा प्रियांका चोपडाको भेट प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको थियो । प्रियंकाले प्रधानमन्त्रीलाई भेट्न जाँदासमेत छोटो ड्रेस लगाएका कारण उनी सोसल मिडियामा निकै ट्रोल बनेकी थिइन् । मेट गाला २०१९ मा पनि चोपडा स्टनिङ्ग लुकसहित पिङ्क कारपेटमा प्रियंका हेर्न आतुर उनका फ्यानले उनको लुकलाई देखेर हैरान भएका थिए । प्रियंकाको मेट गाला २०१८ मा पनि ड्रेसकै कारण आलोचना भएको थियो ।