भारतको सर्वोच्च अदालतले निर्भया मुद्दामा आज ठूलो सुनुवाई गर्दै

भारतको सर्वोच्च अदालतले निर्भया मुद्दामा आज ठूलो सुनुवाई गर्दै

एजेन्सीः भारतको सर्वोच्च अदालतमा तीन न्यायाधीशको बेन्चले आज दिउँसो साढे १२ बजे निर्भया सामूहिक बलात्कार तथा हत्याका दोषी मुकेश कुमारको दया याचिकामाथि सुनुवाई गर्ने छन् ।

निर्भयाको बलात्कार तथा हत्यामा दोषी ठहरिएका मुकेश कुमारले आफ्नो फाँसीको सजाय रोक्नका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष दया याचिका पठाएका थिए जसलाई राष्ट्रपतिले अस्विकार गरेका छन् ।

मुकेश कुमारले आफ्नो दया याचिकामाथि राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् ।

दोषी मुकेश कुमार, अक्षय, विनय र पवनलाई फेब्रुअरी १ तारिखमा बिहान ६ बजे फासी दिने निश्चित गरिएको छ ।  

भारतीय सर्वोच्च अदालत मुकेश कुमार निर्भया सामूहिक बलात्कार

संम्बधित खबर

विशेष