बुटवलमा ट्रक एकापसमा ठोक्किँएः ३ को मृत्यु, ९ जना घाइते

बुटवलः ट्रक एकापसमा ठोक्किँदा रुपन्देहीको रोहिणी गाउँपालिका–४ स्वीलिहवामा ३ जनाको ज्यान गएकाे छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किएका हुन् । मृतकको पहिचान हुन सकेको छैन ।
घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
दुर्घटना बुटवल ट्रक