News

बाजुरामा ४.२ रेक्टरको भूकम्प

बाजुरामा ४.२ रेक्टरको भूकम्प

बाजुरा।  बाजुरा केन्द्रबिन्दु भई मंगलबार बिहान ४.२ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पको केन्दविन्दु जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।

भूकम्प गएको स्थानमा मानव वस्ती नभएकाले कुनै क्षति नपुगेको उनले बताए।तर पनि एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका छन । 

जिल्लामा पटक/पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित बन्दै गएको बताइएको छ । पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाएका घर भूकम्परहित नभएपछि जिल्ला सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको बताइएको छ ।

भूकम्प बाजुरा

विशेष