News

तीन महिने बालकको गुप्तांग आफैले कुकुरले खाइदियो, उपचारका लागि परिवारको अपिल

तीन महिने बालकको गुप्तांग आफैले कुकुरले खाइदियो, उपचारका लागि परिवारको अपिल

कालीकोटः हेर्दैमा डरलाग्दो गरी तीन महिने बालकको गुप्ताङ्ग कुकुरले खाईदिएपछि परिवार विछिप्त बनेको छ । कालीकोटको रास्कोट नगरपालिका– ३ साँगाटिया गाउँमा सोमवार दिउसो तीन महिने बालकको घरमै पालेको पाल्तु कुकुरले टोकेर गुप्ताङ्ग नै क्षदबिक्षद बनाइदिएको छ ।

३ महिनाका बालक अनिवास दर्जिको घरमा कोही नभएको बेला आफैले पालेको कुकुरले बालक सुतेको वेला गुप्ताङ्ग खाएर सक्त घाइते बनाएको छ । हर्ष दर्जी र संगिता दर्जीका छोराको घरमै पालेको कुकुरले सोमबार सुतिरहेको अवस्थामा गुप्ताङ्ग लगायतका अन्य ठाउँहरुमा पनि टोक्दा बालकको अवस्था गम्भिर रहेको सिप्खाना स्वास्थ्य चौकीका इन्चार्ज धर्मराज शाहीले बताए । 

बाललको अवस्था नाजुक रहेको छ, अविनाश दर्जी ३ महिनाका बालक हुन् । बालकको परिवारमा औषधी उपचार गर्ने आम्दानीको स्रोत केही पनि छैन ।

अरूको लुगा सिलाएर परिवारको छाक टादैँ आएका हर्ष दर्जि छोरोको गुप्ताङ्ग कुकुरले खाएपछि होस समेत गुमाएका छन् । बुवा हर्ष दर्जि बोल्न सक्दैनन् । इन्चार्ज धर्मराज शाहीले भने, ‘सबैले सहयोग उठाएर सुविधा सम्पन्न अस्पतालमा लिए वच्चा बचाउन सकिन्छ की?’ बच्चा बचाउनका लागि सबैले सहयोग गरिदिन संगिताले रुदै आह्वान गरिन् । 

गाउँका केही ब्यक्तिको सहयोगमा घाइते बालकलाई आज जिल्ला अस्पतालमा ल्याउँदै छन् । स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार पछि पठाईका बालक अविनास दर्जिको अवस्था भने दयनिय छ ।
 

कुकुर गुप्ताङ्ग

विशेष