News

प्रहरीले अधिकार दुरुपयोग गर्‍यो : ओली

प्रहरीले अधिकार दुरुपयोग गर्‍यो : ओली

काठमाडाैँ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारकाे दुरूपयाेग गरेकाे आराेप लगाउँदै चर्काे आलाेचना गरेकी छन्। उनले भनिन्,' प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको हाे।' 

‘फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ,’ उनले थप्दै भनिन्, ’गैरकानुनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ, सामान्य भनाभनको विषय मात्र थियो, विनाअनुसन्धान प्रहरीले आफ्नो अधिकारको चरम दुरुपयोग गरेकै हाे।’ 

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन् ।

विशेष