News

रसुवागढी र तातोपानी नाकाबाट पर्यटकलाई नेपाल प्रवेशमा रोक, भ्रमण वर्षमा लाग्याे धक्का!

रसुवागढी र तातोपानी नाकाबाट पर्यटकलाई नेपाल प्रवेशमा रोक, भ्रमण वर्षमा लाग्याे धक्का!

काठमाडौं - पछिल्लाे समय चीनमा तिब्र रूपमा फैलिरहेकाे कोरोना भाइरसको कारण रसुवागढी र तातोपानी नाकाबाट पर्यटकको आवागमन १५ दिनलाई बन्द गरिएको छ ।

चिनियाँ पर्यटकको आवातजावतबाट भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन रोकिएको गृह मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘अहिले बाटो पनि अफ्ठ्यारो छ, त्यसैले दुई देशकै सहमतिमा १५ दिनलाई आवातजावत बन्द गरिएको हो ।’

चीनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ५ हजार भन्दा बढीमा स‌ंक्रमण भएको छ । कोरोना भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने भएका कारण चीनबाट नेपाल आउने पर्यटकको आवागमन बन्द गरिएको हो । यसले सरकारले भ्रखरै ल्याएकाे भ्रमण वर्ष २०२० प्रभावित भएकाे छ।

विशेष