मन्त्री कस्दै प्रधानमन्त्री, भने– अब सह्य हुँदैन

मन्त्री कस्दै प्रधानमन्त्री, भने– अब सह्य हुँदैन

विरामी हुनुहुन्छ भन्दैमा प्रधानमन्त्री केपी ओलीले सबै कुराको ‘हो’ मा ‘हो’ मिलाउनुहुन्छ  भन्ने मात्र हैन, अनुमानभन्दा ठीक उल्टो, गत क्याबिनेट बैठकभरि उहाँ आक्रोशित मुद्रामा पेश हुनुभयो । मन्त्रीहरु छक्क परे । मिर्गौलाको नियमित डायलोसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो क्याविनेट बैठकमा प्रधानमन्त्री आफ्ना मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशित र असन्तुष्ट देखिनुभएको थियो । 

उहाँले हालै सम्पन्न मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई निरन्तरता दिएर तीन महिनाको ग्रेसमार्क दिइएको बताउँदै विदा हुन मन भए मार्गप्रशस्त रहेको बताउनुभयो । उहाँको भनाइ थियो– ‘सरकारको कार्यकाल दुई वर्ष पुग्न लागेको बेला मिडियाले थुप्रै कुरा लेखेका छन् । कतिपय सन्दर्भ आलोचनात्मक, आक्रोशपूर्ण र अतिरञ्जित हुनसक्छन । तर, केही प्रसंग मिलेका पनि छन्  । मन्त्रीहरुको कार्यशैली, कार्यसम्पादन, प्रस्तुति चित्त नबुझ्दो भएको कुरामा म पनि सहमत छु ।’

कार्यशैलीमाथि टिप्पणी गर्दै प्रमले केही उदाहरण पेश गर्नुभयो । वर्षाको बेला तराईमा बाढी आउने, त्यसले कटान गर्ने, बस्ती डुबाउने प्रसंग निकाल्दै भन्नुभयो– ‘यो सबैलाई जानकारी भएको कुरा हो । त्यसलाई ध्यानमा राख्दै अहिले देखि नै किन उपाय नखोज्ने ? जब वर्षा आउन लाग्छ, तब नदीका दायाँबायाँ बालुवाका बोरा लगेर छोपछाप पार्ने र बजेट सक्ने प्रवृत्ति छ ।’ उहाँले प्रधानमन्त्री रोजगार कोषमा पर्याप्त रकम भएको भन्दै ‘पैसाको चिन्ता छैन, जनतालाई प्रत्यक्ष राहत पुग्ने काममा त्यसलाई सदुपयोग गर्न सकिने तर्फ सबैको ध्यानाकर्षण होस् । अहिले देखि नै बाँस ठड्याएर, रुख रोपेर बाढीको खतरा न्यूनिकरण गर्न सकिने ठाउँ छ तर, मन्त्रीहरुको ध्यान पुग्दैन । कर्मचारीलाई काम लगाउन सकिएको छैन । अब यस्ता कुरा सह्य हुँदैनन ।’ बैठकमा तीतो पोख्नुभयो । 

उहाँले कड्किएर भन्नुभयो– ‘प्रत्येक मन्त्रीसंग कार्यसम्पादन सम्झौता गरिएको छ । अब मलाई देखिने गरी परिणाम चाहिन्छ । मन्त्री हुने अनि एमसीसीजस्तो परियोजनाको विरोध पनि गर्ने ? यो कुरा सह्य हुँदैन । एमसीसीबारे सरकारको धारणा सार्वजनिक गर्न मन्त्रिपरिषद् कार्यालय या परराष्ट्रको आयोजनामा पत्रकार सम्मेलन गर्ने कुरा थियो । तर, कृषिमन्त्री घनश्याम भुसालले ‘पहिला संसदीय दलमा छलफल गरौं, आफूभित्र एकमत कायम गरेपछि पत्रकार सम्मेलन पनि गर्नुपर्ला’ भन्ने कुरा उठाए ।

उनले भने– ‘हाम्रो संसदीय दलभित्रै यसबारे प्रष्ट धारणा राख्ने र त्यहीअनुसार जाने भनिएपछि यसबीच जति पनि विरोध र विवादका स्वर आएका छन, तिनलाई मत्थर पार्न सांसद, मन्त्री सक्रिय हुन्छन । त्यसपछि व्यक्तिलाई दपेट्ने कुरै भएन ।’ तर प्रमले ‘एमसीसी पास हुन्छ, जसरी पनि गर्नैपछर्’ भन्दै कुराको बिट मार्नुभयो । जनआस्था 

प्रधानमन्त्री एमसीसी

संम्बधित खबर

विशेष