अनलाइनबाट ठगी गर्ने पाँच युवतीसहित आठ जना पक्राउ, लाखाै नगद बरामद
मोरङ – अनलाइनबाट सस्तोमा सामान बिक्रीको नाममा ठगी गर्ने आठ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका छन् । ठगीमा संलग्न आठ जनालाई प्रहरीले पूर्वी जिल्लाहरुबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोरङका निरन्जन प्रसाद आचार्य, खोटाङका शिवजी खड्का, देवी चौलागाई, सुनसरीकी भावना राई, सरिता परियार, वर्षा कार्की, सानु गौतम, लक्ष्मी कार्की रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँ नगद, ३२ वटा नेपाली र ५ वटा भारतीय एटीएम, ५८ वटा चेकबुक, १५ वटा खाली चेकबुक, निरञ्जन प्रसाद आचार्यको नाममा सक्कली नागरिकता, उनकै नामको भारतीय आधारकार्ड, आयकर विभागबाट पाएको एएक्सएनपीए २०८७आर लेखिएको कार्ड, भारतीइ सवारी लाइसेन्स, विराटनगर भन्सार कार्यालयको सवारीसाधनको अस्थायी पैठारी अनुमति पत्र ४० थान, प्रज्ञापन पत्र काटिएको रसिद ६० थान, खाली भन्सार प्रज्ञापन रसिद प्याड १ जना, नेपाली र भारतीय सिमकार्ड, नाम र फोटो परिवर्तन गरिएको नागरिकताको ३७ थान फोटोकपी समेत बरामद भएको प्रहरीले जनाएको छ ।