प्रतिबन्धित १२ लाख भारतीय रुपैयाँसहित भारतीय पक्राउ
काठमाडौं । वीरगञ्जबाट प्रतिबन्धित १२ लाख भारतीय रुपैयाँसहित बुधबार एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने ३२ वर्षीय सुभाष चन्द रहेका छन् ।
विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट चन्दलाई प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरको ६ सय थान नोटसहित नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।
रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.६ च.७४४० नम्बरको कार रिजर्व गरेर आइरहेको समयमा प्रहरीले चेकजाँच गर्दा उक्त रकमसहित उनी पक्राउ परेका हुन् । चन्दलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।