भारतीय कार्यबाहक राजदूतले भेटे सभामुख
काठमाडौँ - नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।
कार्यबाहक राजदूत अजय कुमारले बुधबार सभामुखको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गरेका हुन् । आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका सभामुख सापकोटालाई कार्यबाहक राजदूत अजय कुमारले भेटका क्रममा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
भेटमा उनले सभामुख सापकोटालाई नेपाल भारत सम्बन्ध विभिन्न आयामहरु संग्रहित पुस्तक पनि उपहार दिएका थिए । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले उमेरहदका कारण अवकाश पाएपछि भारतले नेपालमा नयाँ राजदूत पठाइसकेको छैन । यद्यपी भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा विनयमोहन क्वात्राको नाम सिफरिस गरेको छ ।