मौसम: बुधबार र बिहीबार देशका धेरै ठाउँमा हिमपात र बर्षाको सम्भावना
काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद बरुण पौडेलले बताए।
उनका अनुसार पूर्वको तुलनामा मध्य र पश्चिमको धेरै ठाउँमा पानी पर्नेछ भने पश्चिमी उच्च हिमाली भेगमा भारी हिमपात पनि हुनेछ । तर लगातार झरीको सम्भावना भने कतै पनि नरहेकाे उनले बताए।
बुधबार मध्य र पूर्वको मौसम दिउँसो एकैछिन खुल्दै बादल लागेर थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाे मौसमविद् पौडेलले जानकारी दिए ।
यस्तै बुधबार दिउँसोभन्दा राति धेरै ठाउँमा पानी पर्नुका साथै हिमपात पनि हुने उनको अनुमान छ । आउँदाे शुक्रबारदेखि भने मौसम खुल्दै जाने उनले जानकारी दिए।
#मौसम