News

एसपी मल्ल रमाना नबुझेपछि प्रदेश प्रहरी कार्यालयले लियो एक्सन

एसपी मल्ल रमाना नबुझेपछि प्रदेश प्रहरी कार्यालयले लियो एक्सन

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले रमाना नबुझेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले एक्सन लिएको छ।

प्रदेश प्रहरी कार्यालयले एसपी मल्ललाई १२ घण्टाभित्र सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन निर्देशन दिइएको हो। एसपी मल्ललाई चितवन छाडी सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन प्रदेश प्रहरी कार्यालयले पत्र पठाइ निर्देशन दिएको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पुस ४ गतेको निर्णयानुसार एसपी मल्ललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयल, गौचर काठमाडौं सरुवा गरिएको थियो । तर, एसपी मल्लले चितवन छाड्न अटेर गरिरहेका थिए । एसपी मल्लको अटेरीका कारण उनको ठाउँमा सरुवा भएकी एसपी गंगा पन्त हाजिर हुन पाएकी छैनन्।

विशेष