निधारमा तिलक लगाउँदा हुन्छन यस्ता फाइदा, जान्नुहोस वैज्ञानिक कारण
निधारमा तिलक वा चन्दन लगाउनु हिन्दू धर्मको विशेषता हो । तिलक निधारको बीच भागमा लगाइन्छ । बिहान जपपूजा गरिसकेपछि चन्दन, भस्म, केशर लगाइने गरिन्छ ।
ग्रन्थ र कथामा पनि टिका लगाउनुका धेरै फाइदा बताईएको छ। यसका अलावा निधारमा तिलक अर्थात् चन्दन लगाउनुका फाइदाका बारेमा बैज्ञानिक अध्ययनसमेत भएको छ। टिका निधारको कुन भागमा लगाउनु आवश्यक छ भन्ने बारेमा बिस्तृतमा यहाँ उल्लेख छ
खासमा हाम्रो शरीरमा सातवटा सूक्ष्म ऊर्जा केन्द्रहरू हुन्छन् । तीमध्ये एक आज्ञाचक्र हो । यो निधारको ठीक बीचमा अवस्थित हुन्छ । यो आज्ञाचक्रमा शरीरका तीन प्रमुख नाडीहरू इडा, पिंगला र सुषुम्ना आएर मिल्छन् । त्यसैले यसलाई त्रिवेणी पनि भनिन्छ ।
आज्ञाचक्रलाई शरीरको सबभन्दा पूजनीय स्थान मानिन्छ । यसलाई गुरुस्थान भनिन्छ किनकि यहीँबाट पूरा शरीर सञ्चालन हुन्छ र यो हाम्रो चेतनाको मुख्य स्थान पनि हो । ध्यान लगाउँदा पनि यही ठाउँमा मन एकाग्र गरिन्छ ।
साधारणतया यही ठाउँमा चन्दन लगाइन्छ । चन्दनको गुण नै शीतल हो । त्यसैले चन्दन लगाउँदा मस्तिष्कमा शान्ति र शीतलता प्राप्त हुन्छ । दिमागमा जोड परेर टाउको दुख्न थाल्दा चन्दन लगाउनुस् । बिहान उठेर नुहाउनेबित्तिकै निधारमा चन्दन लगाउने व्यक्तिलाई टाउको दुख्ने समस्या हुँदैन ।
केहि मानिसहरु बेसारयुक्त तिलक लगाउन मन पराउछन। वैज्ञानिक आधारमा यस्तो प्रकारको तिलक लगाउनुलाई राम्रो मानिन्छ। बेसारमा भएको एन्टी ब्याक्टेरियल गुणले त्वाचासम्बन्धि समस्याबाट बचाऊछ। यसका अलावा यसप्रकारकोतिलकले टाउको दुख्ने समस्याबाट पनि निजात पाइन्छ।
महिलाहरूले थाप्लोमा सिन्दूर लगाउनुका पछाडि पनि एक कारण छ । खासमा रातो रंग ऊर्जा र स्फुर्तिको प्रतीक हो । यसरी तिलक लगाउँदा महिलाको सौन्दर्य बढ्छ ।
तिलक निधारमा