​​​​​​​खबर बटुल्नेमाथि यौनकाण्ड

​​​​​​​खबर बटुल्नेमाथि यौनकाण्ड

साथी साथी मिलेर रमाइलो गर्ने सल्लाह, तर अप्ठेरो परेपछि एउटा खोरमा, बाँकी सबै फरार । यसरी खबर बटुल्ने पत्रकार नै खबर बनेका छन् । अहिले जिल्ला अदालत रुपन्देहीको आदेशले पक्राउ गर्न खोज्दा फरार भएकी पत्रकार रिया भन्ने राधा बस्नेत र प्रकाश बस्नेत लुक्दै हिँडेका हुन । तर यही कसुरमा पोलिएका अर्का पत्रकार शिवलाल सुवेदी भने जिल्ला कारागार भैरहवामा कैद छन् । आफूमाथि यौनजन्य दुव्र्यवहार भयो भनी जाहेरी दिने मगर समुदायकी १७ वर्षीया युवती पनि पेशाले प्रशिक्षार्थी पत्रकार नै हुन । 

प्रहरीकाअनुसार शिवलालको लागि भनेर रिया र प्रकाशले एफएम बाल कार्यक्रम चलाउने सोझी सञ्चारकर्मीलाई कोठाभित्र थुने । मदिराले मथ्थु भएको अवस्थामा शिवले पार्वती (नाम परिवर्तन) को शरीरका संवेदनशील अंगमा हात पुर्याए । पार्वतीले बयानमा भनेकी छन– ‘रिया दिदीले घात गर्नुभयो । मलाई रुममा छोडी बाहिरबाट लक लगाएर पत्रकारसंग छोडी जानुभयो ।’

मंसिर १ गते आयोजित लुम्बिनी फेस्टिभलका क्रममा पत्रकारबीच यस्तो रमिता चलेको हो । शिबबाट पीडित पार्वतीले दिएको बयानअनुसार रिया बस्नेतसंग उनको चिनजान पत्रकारिता पेशाकै क्रममा भएको हो । उनले न्यूज फेस्टिभलमा ‘साथी हिँड’ भनी बुटवलबाट लगेकी थिइन । बेलुकी रियाले आफू बसेको बुद्ध इन्टरनेशनल होटलमा लगिन । पहिले रिया र पार्वती एउटै कोठामा बस्ने सहमति थियो । तर, त्यो कोठामा प्रकाश र शिव छिरेपछि रिया प्रकाशलाई लिएर अन्यत्र गइन । र, बाहिरबाट ढोका लक गरिदिइन । शिवले वियर पिए । पार्वतीले अल्कोहलरहित एप्पल साइडर पिइन । 

पार्वतीले शिवलाई ‘हजुर पनि आफ्नो रुममा जानुस’ भनेकी थिइन । तर, शिव अटेर गरी त्यही कोठामा बसे । पार्वती ओछ्यानमा पल्टिएर आराम गरिरहेकी थिइन । शिवले पार्वतीको छाती समात्न थाले । उनले प्रतिवाद गरिन, शिवले पार्वती मुखमा आफ्नो मुख जोडे, कपडासमेत खोल्न खोजे । यसपछि अत्तालिएकी पार्वती झ्यालबाट भाग्न सफल भइन । प्रहरीको घटनास्थल मुचुल्काअनुसार उक्त कोठामा दुईवटा झ्याल छ । एउटामा ग्रील, अर्कोमा जाली र सिसाको पल्ला छ । झ्यालबाहिर चार फिटको प्यासेज भएका कारण त्यहाँबाट निस्कन सक्ने अवस्था थियो । उनी त्यसरी नै त्यहाँबाट निस्किइन । 

‘दिदी’ भन्ने गरेकी रियाले नै फसाएपछि उनलाई अरुको विश्वास भएन । त्यसैले बुटवल बेलबासका केशब खनाललाई गुहारिन । हाल थुनामा रहेका शिवले बयानमा भनेका छन– ‘राती होटलको कोठामा संगै बस्ने क्रममा रक्सी सेवन गर्दै गर्दा उहाँ (जाहेरवाला)को जिउडालमा हात लागेको हुनसक्छ । अन्य कारण केही छैन ।’ प्रहरीले पीडित युवतीको भेजिनल स्वाव परीक्षण गर्दा कुनै कैफियत छैन । तर, यौनजन्य दुव्र्यवहार चाहिँ पुष्टि हुने अनुसन्धान अधिकृतहरु बताउँछन् । यसमा मतियारको भूमिका निभाउने र पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएका व्यक्ति अहिलेका एक मन्त्रीसंग निकट छन् । यही काण्ड लागेर पाउनै लागेको प्रेस संयोजकको नियुक्ति रद्द भएको छ । 

रिया प्रदेशमन्त्री सुदर्शन बरालकी निकट हुन । उनीहरुलाई होटल मिलाइदिने, होटल आफ्नो नाममा बुकिङ गर्ने कमल रायमाझी र नरेश केसी पनि फरार रहेको बताइन्छ । बयानका क्रममा होटलका सञ्चालक टीकाराम सापकोटाले फोनमा महिला बोलेको, रोएको र केहीबेरमा बरण्डामा आएर बसेको बताएका छन् । शिवलाई पार्वतीको कोठामा थुनेर हिँडेका प्रकाशले म्यासेज लेखेका छन– ‘राती रुन्छे कि यार ? के हुँदैछ ? कुरो मिल्छ ? हुने जस्तो छ कि नाइँ ? के भन्छिन् , ती नानीले ?’

एक गते रातिको घटना, माफी मागेर सल्टिसकेको अवस्थामा काँग्रेस र नेकपाको प्रतिद्वन्दिपूर्ण स्थानीय राजनीतिको नतिजास्वरुप बालकृष्ण खाँणका  भाइ रामकृष्ण र नेविसंघ नेतृ जमुना ढकालको पहलमा दश दिनपछि ११ गते प्रहरीसमक्ष दर्ता हुन पुगेको स्थानीय वकिलहरु बताउँछन् । जनआस्था लेख्छ । 

पत्रकार यौनकाण्ड

संम्बधित खबर

विशेष