नेकपा केन्द्रिय समिति सदस्यमा शिवमाया तुम्बाहाङ्फे मनोनित

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शिवमाया तुम्बाहङ्फेलाई केन्द्रिय समिति सदस्यमा मनोनित गरेको छ ।
नेकपाको मंगबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । मंगलबार बसेको नेकपाको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको नेकपाका प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए।
तुम्बाहाङ्फले विशेष कारणले उपसभामुखको पदबाट राजिनामा दिनु परेकाले विशेष परिस्थितीमा पाटीको जिम्मेवारी दिने उदेश्य अनुरुप उहाँलाई केन्द्रीय मनोनित गरेको थापाले बताए।
सभामुख चयनका लागि मार्ग प्रसस्त गर्न उहाँले उपसभामुख पदबाट राजिनामा दिनु परेका कारण त्यसको क्षतिपूर्ति स्वरुप उनलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको हो ।
शिवमाया तुम्बाहाङ्फे