भारतमा नागरिकता कानुनको विरोध प्रदर्शनमा गोली चल्यो, एक पक्राउ
काठमाडौं – भारतमा नागरिकता कानुनको विरोध प्रदर्शनमा गोली चल्यो नागरिकता कानुनविरुद्ध भारतको दिल्लीमा गरिएको मार्चपासमा गोली चलेको छ ।
दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा प्रदर्शनरत प्रदर्शनकारीमाथि आज दिउँसो गाेली चलेकाे हाे। एक अपरिचित व्यक्तिले गोली प्रहार त्यहाँकाे सञ्चार माध्यमले जनाएकाे छ।
कालो ज्याकेट र सेतो ट्राउजर लगाएका ती व्यक्तिको गोली प्रहारबाट एक जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनले ‘ये लो आजादी’ भन्दै प्रदर्शनकारी माथि गोली चलाएका थिए ।
उनलाई तत्कालै घटनास्थलबाट प्रहरीले पक्राउ गरेको छ । संशोधित नागरिकता कानुन (सीएए) अल्पसंख्य मुसलमानको हितमा नभएकोे भन्दै त्यसविरुद्ध भारतका विभिन्न शहरमा प्रदर्शनहरू हुँदैं आइरहेका छन् ।