सत्य निरुपण र वेपत्ता छानबिन आयोगको म्याद थप
काठमाडौं - सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद थप गरेको छ ।
माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको हो । ती दुबै आयोगको म्याद आउँदो चैतमा सकिँदै थियो ।