News

मास्क बाँड्दै हिडे वामदेव गौतम

मास्क बाँड्दै हिडे वामदेव गौतम

काठमाडौँ–  देशमा यतिबेला कोरोना भाइरसको चिन्ता छ ।  नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम भने यतिबेला समूहगत छलफल छोडेर छलफलस्थलको दौडाहामा छन् ।

 राष्ट्रिय सभागृह, नेकपा मुख्यालय धुम्बाराही र पेसिरडाँडा यतिबेला नेकपा नेतामय छ ।हिजोबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा भाग लिन देशभरका नेता उपस्थित छन् । कतिपय कार्यकर्ता स्वयंसेवकका रूपमा खटिएका छन् ।

गौतमको हातमा एउटा पोको छ, मुखमा मास्क । यतिबेला उनी राष्ट्रिय सभागृहमा छन् । उनी धमाधम नेतालाई मास्क बाँडिरहेका छन् ।

मास्क दिएर उनी हात मिलाउँछन् अनि भन्छन्, ‘कमरेड! कोरोना भाइरस छ बच्नुहोला, मास्क लगाउनुहोला ।’ यति भनेर उनी फेरि अर्का केन्द्रीय सदस्य भेट्न दौडिन्छन् ।

विशेष