चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि
चीन - चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टी भएको छ । पछिल्लो पटक तिब्बतमा पनि संक्रमित भेटिएको हो । चीनको हुबेइमा १ हजार ३२ जना नयाँ बिरामी पुष्टि भएको छ ।
भाइरसका कारण मृत्यु हुनेको संख्या बढेर १ सय ७० पुगेको चीनले जनाएको छ । संक्रमितको संख्या पनि बढेर ७ हजार सात सय ११ पुगेको छ । भारतको केरलामा पनि बिहीबार पहिलो बिरामी फेला परेका छन् । कोरोना भाइरस लागेका बिरामी चीनको वुहानबाट फर्किएको बताइएको छ । भारतमा अहिले ती बिरामीलाई उच्च सतर्कता साथ स्वास्थ्यकर्मीको निगरानी राखेको छ ।
उ क्त भाइरसबाट संक्रमित बिरामी युएइको दुबईमा पनि पहिलो पटक भेटिएका छन् । स्वास्थ्यकर्मीका अनुसार वुहानबाट चीन पसेका एकै परिवारका चार व्यक्तिमा कोरोना भाइरस देखिएको हो । युएईले बेइजिङ, गोङजाओ, साङ्गाई र हङकङको उडान भने रोकेको छैन । चीनको हुबेई प्रान्तबाट सुरु भएको उक्त्त भाइरस चीन बाहेक दर्जनभन्दा बढी देशमा फैलिएको छ ।
चीनको वुहान शहरबाट जनवरी २९ मा यो भाइरस फेला परेको थियो । त्यस लगत्तै चीनका विभिन्न शहरमा आवत जावतमा प्रतिबन्ध लगाइएको छ । चिनियाँ फुटबल संघले सन् २०२० भरीका सम्पूर्ण खेल सारेको घोषणा गरेको छ । विभिन्न मुलुकले चीनमा रहेका आफ्ना नागरिक फिर्ता लैजान शुरु गरेका छन । विश्व स्वास्थ्य संगठनले पनि चीनमा महामारीको रुप लिएको कोरोनाबारे पूरै विश्व नै सचेत हुनु पर्ने जनाएको छ ।