बंगलादेशी नागरिकको हत्याका आरोपितले दिए यस्तो बयान

बंगलादेशी नागरिकको हत्याका आरोपितले दिए यस्तो बयान

काठमाडौं – बंगलादेशी नागरिक मुहिउद्दिन अहमद परवेजको हत्याको पैसा लेनदेनको कुरा रहेको छ। विदेश लाने भनेर लिएको चार लाख रुपैयाँको कारण बंगलादेशी नागरिकको हत्या भएको हो।प्रकरणका मुख्य आरोपित दुला मियाँलाई प्रहरीले बुधबार राति काँकरभिट्टाबाट पक्राउ गरेसँगै हत्याको कारण खुलेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी मियाँलाई सार्वजनिक गरेको हो।, ‘मृतकले मियाँलाई लेवनान पठाउने भनेर ३ लाख टाँका (नेपाली ४ लाख ३ हजार) लिएका रहेछन् ।,’काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले भने,‘ तर, काठमाडौंमा भिषा नलागेपछि भएको विवादमा अहमदको हत्या भएको हो ।’

यसअघि ७ माघमा सोल्टीमोडको होटल ग्राण्ड भिलाको कोठा नं. ११४ मा अहमदको शव भेटिएको थियो । ‘अघिल्लो दिन हिमालय एयरलाइन्समार्फत सँगै काठमाडौं आएका दुई जनाबीच विवाद हुँदा विदेशी विस्कीको बोतल प्रहार गरेर अहमदको हत्या गरेको मियाँले स्वीकारेका छन्’, डीएसपी होविन्द्र बोगटी भन्छन् ।

उनका अनुसार बंगलादेशबाट विदेश जान अफ्ठ्यारो हुने भएकाले काठमाडौंको अवैध बाटो प्रयोग गरेर अहमदले विदेश पठाउन खाजेका थिए । तर, भिसा नै नलागेपछि योजना असफल भयो र समस्या सिर्जना भएको बोगटीले बताए ।

संम्बधित खबर

विशेष