News

३०० विद्युतीय बस किन्ने टेन्डर खोलिँदै

३०० विद्युतीय बस किन्ने टेन्डर खोलिँदै

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३०० विद्युतीय बस किन्न टेन्डर खोल्ने तयारी गरेको छ । सरकारले उक्त मन्त्रालयलाई बस किन्ने जिम्मेवारी दिएपछि टेन्डरको काम अघि बढाइएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयले एकैपटक ३०० ओटै बसको टेन्डर खोल्नेगरी काम गरिरहेको छ । सहसचिवको नेतृत्वमा समिति बनाएर इन्जिनीयर अध्ययन संस्थान, नेपाल विद्युत् प्राधिकरण, साझा यातायातलगायत प्रतिनिधिसँग छलफल गरी मन्त्रालयले टेन्डर डकुमेन्ट बनाउन लागेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताए।

असार अन्तिम साताको मन्त्रिपरिषद् निर्णयमार्फत सरकारले ३०० विद्युतीय बस किन्न साझालाई रू. ३ अर्ब उपलब्ध गराएको थियो । तर, माघ ९ गतेको मन्त्रिपरिषद्को निर्णयले साझाले बस किन्नमा ढिलाइ गरेको भन्दै उक्त पैसा फिर्ता लिएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

विद्युतीय बस टेन्डर

विशेष