काठमाडौँको एक होटलमा बंगलादेशी नागरिकको हत्या
काठमाडौँ। काठमाडौँको एक होटलमा बंगलादेशी नागरिकको हत्या भएको छ। काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलामा बंगलादेशी नागरिक ४५ वर्षीय मोहिद्धिन अहमदको हत्या भएको आठ दिनपछि घटना सार्वजनिक भएको हो।
उनको हत्यामा बंगलादेशी नागरिककै सहभागिता रहेको खुलेको छ। अहमदको हत्या माघ ७ गते राती नै होटलको कोठामा भएको महानगरीय प्रहरी वृत्त कालिमाटिका डीएसपी रुगमबहादुर कुँवर बताए।
मृतक ट्राभल एजेन्सीका सञ्चालक भएको खुलेको छ। उनको हत्या होटल ग्राण्ड भिलाको कोठा नम्बर ११४ मा भएको छ। अहमदको हत्यामा बंगलादेशी नागरिक ४४ वर्षीय दुला मियाँको संलग्नता भएको खुलेको छ। हत्या पछि उनी बंगलादेश भागिसकेको कुँवरले बताए।
डीएसपी कुँवरका अनुसार अहमदको हत्या कुटपिटबाट भएको देखिएको छ। मृतक अहमदको पासपोर्टमा उनी सात पटक नेपाल आइसकेको देखिएको छ। उनको हत्यामा संलग्न मियाँ भने पहिलो पटक नेपाल आएको खुलेको डीएसपी कुँवरले बताए। मृतकको शव बंगलादेश पठाइसकिएको छ। घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
हत्या बंगलादेशी नागरिक