आज हल्का वर्षाको सम्भावना, कस्तो आगामी तीन दिनको मौसम पूर्वानुमान?

काठमाडौंः आज देशका पहाडी क्षेत्रका केही स्थानमा हल्का मात्र वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । दिउँसो १–२ बजेपछि काठमाडौंलगायत पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले बताइन् । ‘तर तराईका पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ,’ उनले भनिन् ।
मौसमविद् पोखरेलका अनुसार आज देशको मौसम घाम–बादल हुने अनुमान गरिएको छ । ‘आज घाम पनि लाग्ने सम्भावना छ,’ उनले भनिन्, ‘एकछिन वर्षा भइहाले पनि फेरि एकछिनमा घाम लाग्न सक्छ । त्यही हो, आजको मौसम घाम–बादल, घाम–बादल हुने देखिन्छ।’
कस्तो आगामी तीन दिनको मौसम पूर्वानुमान?
माघ १६ गते (बिहीबार)
दिउँसोः देशभर आशिंकदेखि सामान्यसम्म बदलीको अवस्था रहने सम्भावना छ। देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ
रातिः देशको पूर्वी भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
माघ १७ गते (शुक्रबार)
दिउँसोः देशको पूर्वी भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
रातिः देशभर सामान्यतया मौसम सफा रहनेछ।
माघ १८ गते (शनिबार)
दिउँसोः देशभर आशिंकदेखि सामान्यसम्म बदलीको अवस्था रहने सम्भावना छ । देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।
रातिः देशभर सामान्यतया मौसम सफा रहनेछ ।
वर्षा मौसम पूर्वानुमान मौसम पूर्वानुमान महाशाखा