नोबेल कोरोना भाइरसको त्रास: चीनका नेपाली विद्यार्थीद्वारा स्वदेश फर्काउन आग्रह
काठमाडौँ। चीनको हुबेई प्रान्तको वुहान सहरबाट महामारीका रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोखिममा रहेका नेपाली विद्यार्थीले नेपाल सरकारसँग आफूहरूलाई तुरुन्त स्वदेश फर्काउने पहल थाल्न माग गरेका छन्।
अमेरिकालगायत अन्य विकसित देशहरूले आफ्ना नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गरे पनि नेपाल सरकार भने चुप लागेर बसेको भन्दै उनीहरूले दुःख व्यक्त गरे। बेइजिङस्थित नेपाली दूतावासले ‘ग्रुप च्याट’मा नेपालीको स्वास्थ्य अवस्थाबारे डाटा संकलन गरेर नेपाल सरकारलाई बुझाउनेबाहेक अरू केही काम नगरेको उनीहरूको भनाइ छ।
नेपाल सरकारले पनि ‘ब्रिफिङ क्याफे’ (जानकारी लिनेदिने) मात्रै गरिरहेको आरोप उनीहरूको छ। नागरिकसँंगको टेलिफोन कुराकानीमा उनीहरूले नेपालले पनि कमसेकम चीन सरकारसँंग वार्ता गरी आफ्ना नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए। आजक्जो नागरिक दैनिकमा कृष्ण केसीले लेखेका छन।
नोबेल कोरोना भाइरस