News

श्रीञ्चपमी: यस वैदिक स्तोत्र पाठ गर्नाले हुनेछ मनोकामना पुरा

श्रीञ्चपमी: यस वैदिक स्तोत्र पाठ गर्नाले हुनेछ मनोकामना पुरा

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । दिउँसो १२ बजेको समयमा माता सरस्वतीको षोडषोपचार विधिले पुजा गर्नाले सम्पूर्ण मनोकामना सिद्ध हुने मान्यता रहेको छ। पुजा पश्चात पहेंलो रंगको कपडा लगाउने,पहेंलो रंगको आसनमा बसी माता सरस्वतीको बन्दना गर्नु पर्छ। 

जान्नुहोस बसन्त पंचमीमा कुन स्तोत्र पाठ गर्नाले मनोकामना पुरा हुन्छ 

श्रीपञ्चमीका दिन यस वैदिक स्तुतिको पाठ गर्नुहोस।  पाठ स्तुति गर्नुपूर्व घ्यूमा बत्ति बाल्ने एवम विधिवत रुपमा माता सरस्वतीको पूजा गर्ने। 

सरस्वती नमस्तुभ्यं वर्दे कामरूपिणी।
विद्यारम्भं करिष्यामि सिद्धिर्भवतु में सदा।।

भावार्थ- हे माता सरस्वति हजुरलाई कोटी कोटी प्रणाम, मलाई बिद्या प्राप्त गर्ने सिद्धि दिनुहोस 

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा।।

भावार्थ -चन्द्रमाजस्तो गोरो वर्ण भएकी, सेतो वस्त्र धारण गरेकी  तथा हातमा वीणा र पुस्तक लिएकी, अज्ञानलाई ज्ञान दिने विद्याकी देवी सरस्वती माता रक्षा गर्नुहोस 

शुक्लां ब्रह्मविचार सार परमामाद्यां जगद्व्यापिनीं।
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌।।
हस्ते स्फटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्‌।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्‌॥

भावार्थ- शुक्लवर्ण भएकी, सम्पूर्ण चराचर जगत्‌मा व्याप्त, आदिशक्ति, परब्रह्मको बिषयमा गरिएको विचार एवम चिन्तनको सार रुप परम उत्कर्ष धारण गर्ने, अज्ञानीलाई ज्ञान दिने,हातमा विणा, पुस्तक लिने तथा सेतो वस्त्र धारण गर्ने, पद्मासनमा विराजमान भई बुद्धि प्रदान गर्ने, सर्वोच्च ऐश्वर्यले अलंकृत, भगवती शारदा हजुरलाई कोटी कोटी प्रणाम प्रणाम।  

*****************

 

श्रीपञ्चमी वैदिक स्तोत्र

विशेष