News

जिम गरेर साउना गएका निसास्सिएर दम्पत्तिको मृत्यु

जिम गरेर साउना गएका निसास्सिएर दम्पत्तिको मृत्यु

ललितपुरः ललितपुरको सातदोबाटोस्थित एक जिमखानामा साउना लिन गएका एक दम्पतीको निसास्सिएर ज्यान गएको छ । बुधवार राति फिट एण्ड फाइन जिमखानास्थित साउनामा बाफ लिन गएका दम्पतीको निसास्सिएर ज्यान गएको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।  

ज्यान गुमाउनेमा ललितपुर १५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारी रहेका छन् । 
राति नुहाउन गएका दम्पती लामो समयसम्म नफर्किएपछि राति नै प्रहरीमा खबर पुगेको थियो ।

एसपी सिंहले भनिन्, ‘राति ९ बजेर १० मिनेट जाँदामा प्रहरीमा खबर आयो, ५–७ मिनेटमै प्रहरीको टोली त्यहाँ पुगेको थियो । त्यसपछि पाटन अस्पतालमा ९ बजेर  ३५  मिनेटमा मृत घोषणा गर्‍यो ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ललितपुर जिम निसास्सिएर दम्पत्ति

विशेष