News

कोरोना खोप बनाउन अलिबाबाले दियाे डेढ करोड बढी डलर

कोरोना खोप बनाउन अलिबाबाले दियाे डेढ करोड बढी डलर

बेइजिङ – चिनियाँ कम्पनी अलीबाबाका संस्थापक ज्याक माको ‘ज्याक मा फाउन्डेसन’ले कोरोना भाइरसविरुद्धको खोपका लागि १ करोड ४४ लाख अमेरिकी डलर दिने घोषणा गरेको छ ।

अनुसन्धान गरी नयाँ खोपको विकास गर्न सो रकम अनुदान दिने ज्याक मा फाउन्डेसनले जनाएको हो । फाउन्डेसनले यो अनुदानले मानवीय सहयोग हुने विस्वास लिएको छ । यद्यपि खोप निर्माण गरी विश्वव्यापी रुपमा खोप वितरण गर्नु चुनौतीपूर्ण रहेको फाउन्डेसनको भनाइ छ ।

अलिबाबा समूहले यसअघि नै चीनलाई चिकित्सा सेवाका लागि १ अर्ब चिनियाँ युआन दिने घोषणा गरिसकेको छ ।

विशेष