News

वित्तीय बजारमा १० अर्ब रुपैंया पठाउँदै केन्द्रिय बैंक

वित्तीय बजारमा १० अर्ब रुपैंया पठाउँदै केन्द्रिय बैंक

काठमाडौँ। बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभाव न्यून गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा रिपोमार्फत १० अर्ब रुपियाँ बजारमा पठाउन लागेको छ ।

केन्द्रीय बैङ्कले बैङ्किङ प्रणालीमा तरलता सन्तुलन राख्नकै लागि बिहीबार १० अर्ब रुपियाँ पठाएको हो । केन्द्रीय बैङ्कले एक हप्ता अवधिका लागि जारी गरेको रिपो आगामी बिहीबार परिपक्व हुनेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत बिहीबार अपरान्ह ३ बजेभित्र बोलकबोलमा सहभागी भएका थिए ।

बैङ्क तथा वित्तीय संस्थाहरूले साढे चार प्रतिशत वा सोभन्दा बढी ब्याजदरमा आवेदन गर्न सक्नेछन् । साढे चार प्रतिशत वा सोभन्दा कम ब्याजदर कबोल गरी पेस भएका बोलपत्र रद्ध गरिने बताइएको छ । वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैङ्कले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। 

 

नेपाल राष्ट्र बैङ्क

विशेष