नेकपाका दर्जनौँ नेता ओर्लिए एमसीसीको विरुद्ध
काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अधिकांश नेता मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा उभिएका छन्।
नेकपाको जारी केन्द्रीय समिति बैठकमा समूहगत छलफलका लागि गठन भएका १५ मध्ये ३ वटा समूहका नेताहरु एमसीसीको विरुद्धमा उभिएका हुन्। आज ४ वटा समूहले समूहगत छलफलको निष्कर्ष राखेकोमा ३ वटा समूह एमसीसीको विपक्षमा देखिएका छन् ।
विपक्षमा देखिने समूह नेताहरू सबै तत्कालीन नेकपा माओवादी केन्द्रका छन् । समूह ६, ९ र १३ का टोली नेताले भने एमसीसीलाई पारित गर्न नहुने समूहको निष्कर्ष बैठकमा पेस गरे । २ नम्बर समूह बाहेकका ३ वटा टोलीले एससीसीलाई संसदवाट पारित गर्नु नहुने निष्कर्ष बैठकमा राखेको १३ नम्बर समूहका नेता लेखनाथ न्यौपानेले बताए ।
उनीहरूले केन्द्रीय सदस्यहरूबाट पार्टीको विधान मात्र नभई नेतृत्व तहबाटै आचरण र व्यवहारमा सुधार हुनुपर्ने धारणा आएको निष्कर्ष राखेका छन् ।