एसएसपीलाई पक्राउ गर्न अदालतबाट अनुमति लिने तयारी
काठमाडौं - नेपाल प्रहरीका निलम्वित वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई जबरजस्तीकरणी कसूरमा पक्राउ गर्ने तयारी भइरहेको छ ।
संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्तीकरणीको कसूरमा किटानी जाहेरी परेपछि पक्राउ गर्ने तयारी थालिएको हो ।
अहिले पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । बिहीबार ढिला गरी जाहेरी परेकाले शुक्रबार मात्र स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका एक अधिकृतले भने, ‘जाहेरी दर्ता भइसकेको छ । अब अदालतबाट पक्राउ गर्न अनुमति माग्ने तयारी भइरहेको छ ।’