News

बालुवाटार प्रकरणमा : राजदूत पौडेलसहित दर्जनौंलाई कारवाही सिफारिस

बालुवाटार प्रकरणमा : राजदूत पौडेलसहित दर्जनौंलाई कारवाही सिफारिस

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बालुवाटार जग्गा हिनामिना प्रकरणमा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहित दर्जनौंलाई कारवाहीको सिफारिस गरेको छ।

ललिता निवासले चर्चेको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले राजदूत पौडेलसहित ४० जनाभन्दा बढीलाई कारवाही गर्न सिफारिस गरेको हो । 

ब्युरोले गरेको अनुसन्धान प्रतिवेदन प्रहरी महानिरीक्षक ९आईजीपी० सर्वेन्द्र खनाल र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० निरजबहादुर शाहीले बिहीबारै गृह मन्त्रालयमा बुझाइसकेका छन् । ब्युरोका एसपी बेलबहादुर पाण्डे भन्छन्, ‘निर्णय प्रक्रियामा संलग्न कर्मचारी, राणा परिवार, मोही लगायत दर्जनौं व्यक्तिलाई कारबाहीका लागि सिफारिस गरेका छौं ।’

मन्त्रिपरिषदको कार्यदेश बमोजिम अनुसन्धान थालेको सीआईबीले कीर्ते गरेर नक्कली मोही खडा गरी सरकारी सम्पत्तिमा हानी पुर्‍याएको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको हो ।राजनीतिक दलका नेतालाई चाहिँ जोगाइएको छ ।

विशेष