News

अख्तियारबाटै गायब हुन्छन भ्रष्टाचारसम्बन्धि अनुसन्धान फाइल

अख्तियारबाटै गायब हुन्छन भ्रष्टाचारसम्बन्धि अनुसन्धान फाइल

काठमाडौं । सर्वोच्च अदालतले आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्र्रष्टाचार मुद्दाको अनुसन्धान अधिकृत तोकेको निर्णय फाइल मगाउने आदेश गरेको छ ।

सर्वोच्चका न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दाको फाइल अध्ययनका लागि अनुसन्धान अधिकृत तोकेको सम्वन्धिको निर्णय झिकाउन आदेश जारी गरेको हो ।

यसअघि सर्वोच्चले शर्माको भ्रष्टाचारसम्बन्धी अनुसन्धान तोक्ने निर्णयको फाइल झिकाउन दुईपटक आदेश जारी गरिसकेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले सुनुवाइ गर्दै ५ साउन २०७४ मा अख्तियारसँग भएको फाइल मगाउने आदेश गरेको थियो । त्यसपछि लगातार सुनुवाइ स्थगित भएको मुद्दामा २३ फागुन २०७५ मा पुनः निर्णय मगाउने आदेश भएको थियो । समाचार आजको राजधानी दैनिकमा निराजन पौड्यालले लेखेका छन। 

भ्रष्टाचार अनुसन्धान फाइल

विशेष