टी–२० सिरिजः भारत र न्यूजिल्याण्डबीचको चाैथाे म्याच आज

टी–२० सिरिजः भारत र न्यूजिल्याण्डबीचको चाैथाे म्याच आज

काठमाडौंः भारत र न्यूजिल्याण्डले टी–२० क्रिकेट सिरिजको चौथो म्याच आज खेल्दै छन् । यी दुई टीमबीचको चौथो म्याच दिउँसो १२ः४५ बजेदेखि सुरु हुनेछ । भारतले पाँच म्याचको सिरिज २ खेल अगावै ३–० ले जितिसकेको छ । तेस्रो खेलमा न्यूजिल्याण्डलाई ‘सुपर ओभर’मा पराजित गर्दै भारतले सिरिज जितिसकेको हो ।

भारतले न्यूजिल्याण्डमाथि उसकै घरेलु मैदानमा टी–२० सिरिज जितेको यो पहिलापटक हो । उसले न्यूजिल्याण्डको मैदानमा १२ वर्षदेखि टी–२० सिरिज खेल्न थालेको थियो । र, सिरिज जित्न सकेको थिएन । तर योपटक भने भारतले २ खेल अगावै सिरिज आफ्नो नाममा बनाउँदै इतिहास रचेको छ । भारत अब अर्को इतिहास रच्ने दाउमा छ ।

भारतलाई अब न्यूजिल्याण्डलाई उसकै घरेलु मैदानमा ५–० ले हराउँदै ‘क्लिन स्विप’ गर्ने मौका छ । यदि न्यूजिल्याण्डमाथि सिरिज ‘क्लिन स्विप’ गर्नसके भारतले अर्का इतिहास रच्ने छ । सिरिजको तेस्रो खेलमा ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे भने बलर भने केही महँगा सावित भएका थिए । उक्त खेलमा भारतीय टीमका स्टार बलर जसप्रीत बुमराहसमेत पिटिएका थिए । उनले आफ्नो ४ ओभरमा बिनाविकेट ४५ रन खर्चिएका थिए । 

भारतीय टीमको सम्भावित प्लेइङ ११ः रोहित शर्मा, केएल राहूल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, वाशिङटन सुन्दर, मोहम्मद शामी, कुलदीप यादव, नवदीप सैनी र जसप्रीत बुमराह । 

न्यूजिल्याण्ड टीमको सम्भावित प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियम्सन (कप्तान), रस टेलर, डारेल मिचेल, टिम सेफर्ट, मिचेल सान्टनर, स्कट कुगेलेइजन, टिम साउथी, ईश सोधी र हमीश बेनेट ।  

न्यूजिल्याण्डविरुद्ध भारत टी–२० क्रिकेट सिरिज

संम्बधित खबर

विशेष