किन दिईन्छ नरिवलको बलि ? हेर्नुहोस्, यस्तो छ धार्मिक मान्यता
कुनै शुभ कार्य एवम धार्मिक अनुष्ठानमा नरिवलको प्रयोगलाई महत्वपुर्ण मान्ने गरिन्छ। नरिवल श्रीफल भएकाले यसको प्रयोगले लक्ष्मी माताको कृपा रहने बिश्वास गरिन्छ। नरिवलको प्रयोग बिना कुनै पनि शुभ कार्य अधुरो रहने धार्मिक शास्त्रमा उल्लेख छ।
तर कुनै पनि शुभ कार्यमा नरिवलको प्रयोग किन गरिन्छ ? यसको पछाडिको कारण र महत्व के छ त यसका बारेमा आज हामी बिस्तृत रुपमा बताउन जादैछौं, आउनुहोस
शुभ कार्यमा किन महत्वपुर्ण छ नरिवल ?
नरिवलको पानीलाई हिन्दु धर्ममा अति नै पवित्र मानिन्छ । ज्योतिषशास्त्रका अनुसार नरिवलभित्र भएको सफा पानीले चन्द्रमाको प्रतिनिधित्व गर्छ । चन्द्रमालाई मन सफा राख्ने कारक मानिन्छ, कुनै धार्मिक कार्य या अनुष्ठान शुद्ध र शान्त मनले गरेको खण्डमा कार्य पुरा हुने र भगवानको कृपा रहने मान्यताका साथ शुभ कार्यमा नरिवलको प्रयोग गर्न थालिएको हो ।
नरिवलमा हुने त्रिबिन्दुलाई त्रिदेवको प्रतिक मानिन्छ । विशेषगरी बजारमा त्रीबिन्दु भएको नरिवल प्रसस्त पाइन्छ यद्धपि धार्मिक अनुष्ठानमा भने एक बिन्दु वाला नरिवललाई शुभ मानिन्छ । एकाक्षी नरिवलमा माता लक्ष्मी साक्षत विराजित हुने भएकाले यस्तो नरिवल राख्नाले घरमा सुख समृद्धि छाउने धार्मिक मान्यता रहेको छ ।
घरमा नरिवल राख्नाले नकारात्मक उर्जा हट्ने र वास्तु दोषबाट पनि मुक्ति पाइन्छ । हिन्दु धर्ममा नरिवललाई सुख, समृद्धि, धन र सम्मानको सूचक मानिन्छ । नरिवल फोरेपश्चात प्रसादस्वरूप ग्रहण गर्नाले लक्ष्मी र त्रिदेवको असिम कृपा मिल्ने धार्मिक बिश्वास रहेको छ । यिनै विविध कारणले मांगलिक कार्यमा नरिवलको ठुलो महत्व रहेको छ ।
किन दिइन्छ नरिवलको बलि ?
कुनै शुभ कार्य होस् या मांगलिक हवन, अनुष्ठान हरेक कार्यमा नरिवल फोर्ने / बलि दिने प्रचलन रहेको छ । नरिवलको बाहिरआवरणलाई घमण्ड र भित्रि भागलाई पवित्रता र शान्तिको प्रतिक मानिन्छ । यसैले गर्दा भगवानको अगाडी नरिवल फोर्ने प्रथा रहेको छ। नरिवल फोर्नु भनेको आफुभित्र रहेको अहंकार तोड्नु हो यसले मनलाई स्थिर राख्ने र जीवनमा सफल हुने बाटो देखाऊछ ।
नरिवल फोर्ने परम्परा एक सामाजिक कुप्रथाबाट बिकसित प्रथा हो । नरबलि या पशु बलि रोक्ने उदेश्यले नरिवल फोर्ने प्रचलन अघि सारिएको हो । नरिवल बलि महिलाले भन्दा पनि पुरुषले दिएमा शुभ हुने धार्मिक मान्यता रहेको छ ।
#नरिवल बलि