News

मन्त्रीकाे एक्सनपछि उखुकाे किसानकाे खातामा पैसा आउन सुरु

मन्त्रीकाे एक्सनपछि उखुकाे किसानकाे खातामा पैसा आउन सुरु

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टकाे कडा निर्देशनपछि उखु किसानहरुकाे खातामा पैसा अाउन सुरु भएकाे छ। उखु किसानको सबै वक्यौता रकम एक महिनाभित्र तिर्न सर्लाहीको अन्नपूर्ण सुगर मिल तयार हुँदै किसानहरुकाे खातामा पैसा हाल्न सुरु भएकाे हाे।

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेश कुमार अग्रवालले यसका लागि लिखित प्रतिबद्धता जनाएका हुन् ।

अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी दिए । उनले गरेको लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले ५ करोड रुपैयाँ किसानको खातामा पठाउने छ ।

यस्तै माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धा अग्रवालले जनाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले जानकारी दिए । उनले उद्योगमा स्टक रहेको चिनी बिक्रीका लागि सहयोग गरिदिन मन्त्रालयलाई आग्रहसमेत गरेका छन् ।

उल्लेखित समाचार पब्लिक न्युज एजेन्सी डट कम (publicnewsagency.com) बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट समाचार साभार गरी निःशुल्क रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।

विशेष