News

मौसम: मध्य तथा पूर्वी पहाडी क्षेत्रका केहि स्थानमा पानी पर्ने सम्भावना

मौसम: मध्य तथा पूर्वी पहाडी क्षेत्रका केहि स्थानमा पानी पर्ने सम्भावना

काठमाडौँ। न्यून चापीय प्रणालीका प्रभावले अहिले काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ । यस्तै मध्य र पूर्वी तराईमा हुस्सु तथा कुहिरो लागेको छ भने पश्चिम तराईको केही क्षेत्रमा कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

शुक्रबार दिउँसो मध्य तथा पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखी सामान्य बादल लाग्ने र केही ठाउँमा पानीसमेत पर्ने विभागले जनाएको छ । राति पनि पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागकाे मौसम सफा रहने विभागले जनाएको छ । 

शनिबार दिउँसाे पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका केही ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

शनिबार राति उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे अनुमान छ।

आइतबार भने पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागकाे मौसम सामान्यतया सफा रहनेछ । 

मौसम

विशेष