अन्तत: सरकार र उखु किसानबीच पाँचबुँदे सहमति
काठमाडौं – अन्तत: सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ । यससँगै उखु किसानको आन्दोलन स्थगित पनि भएकाे छ ।
उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएको हो ।
सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ । साथै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने सहमति समेत भएको छ ।
उल्लेखित समाचार पब्लिक न्युज एजेन्सी डट कम (publicnewsagency.com) बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट समाचार साभार गरी निःशुल्क रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।